Logo

सामाजिक सञ्जालले विनाशकारी गल्तीहरु गर्दै छन्ः ट्रम्प



एजेन्सी, २९ पुस । अमेरिकी ठूला टेक कम्पनी जसले सामाजिक सञ्जाललाई चलायमान बनाएको छ उक्त कम्पनीहरुले विनाशकारी गल्ती गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ट्रम्पले मंगलबार कम्पनीहरुले गल्ती गरिरहेको विषय जानकारी गराएका हुन् ।

ट्रम्पको ट्वीटले समाजमा अशान्ति पैदा गर्ने डरका कारण ट्रम्पको ट्वीटर एकाउन्टलाई केही दिन अघि ट्वीटरले सधैँका लागि बन्द गरिदिएको छ । उनको फेसबुक र इन्टाग्राम एकाउन्टमा समेत उनले लेख्न पाएका छैनन् ।

उनको कार्यकाल समाप्त हुन केही दिन बाँकी रहेको र सामाजिक सञ्जालबाट शक्ति प्रदर्शन गर्नबाट समेत वञ्चित भएका छन् । ट्रम्पले भने, ‘कम्पनीहरुले विनाशकारी गल्ती गरिहरहेका छन् । उनीहरुले विभाजित गर्ने प्रयास गरिरहेका छन् । उनीहरुले देखाइरहेको विषयलाई मैले अगावै नै भविष्यवाणी गरिसकेको थिए ।’

गत साता अमेरिकामा ट्रम्पको सर्मथनमा थुप्रै हिंसा भड्किएको थियो । यसक्रममा प्रहरीद्वारा एक महिलाको हत्या भएको थियो । त्यसैगरी अन्य तीन जनाको मृत्युको रहस्य खुलेको छैन् भने झडपको क्रममा एक प्रहरीको ज्यान समेत गएको छ । ट्रम्पको कार्यकाल २० जनवरीमा समाप्त हुने छ भने नयाँ राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण सोही दिन हुने भएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्