Logo

कुर्सी भाँचिदिन्छु भन्थे, संविधान नै भाँचिदिएः दाहाल



काठमाडौं, माघ १ । दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट लोकतन्त्र नै खतरामा परेको बताएका छन् । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले ओलीबाट संविधान र लोकतन्त्र धरापमा परेको बताएका हुुन् ।

‘ओलीले पहिला पनि भन्नुहुन्थ्यो, मैले छोड्नुपर्‍यो भने कुर्सी नै भाँचेर छोड्छु, हामीलाई कुर्सी मात्र भाँच्नुभयो भने त अर्को बनाऔंला भन्ने लागेको थियो तर उहाँले त संविधान नै भाँच्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र नै भाँच्ने छाँट आयो । अब कसरी सहने ? दाहालले भने ।

उनले लोकतन्त्रमा सबैले बहुमतको सम्मान गर्नुपर्ने बताए । ‘लोकतन्त्रको कखरा भनेको बहुमत हो,’ उनले भने, ‘बहुमतलाई सबैले मान्नैपर्छ नभए दुनियाँ चल्दैन ।’ बहुमत नभएका बेला आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएको उल्लेख गर्दै उनले ओलीले जनतामाथि घात गरेको बताए ।

उनले नेता माधवकुमार नेपाल, झलनाथ खनालले समेत बहुमत नरहेपछि सजिलै प्रधानमन्त्री पदबाट राजीनामा दिएको तर अहिले ओलीले सत्ताका लागि जनतामाथि घात गरेको बताए । ‘उहाँले आफूले नै झलनाथ खनाललाई प्रधानमन्त्रीबाट हटाएको बिर्सनुभयो,’ दाहालले भने ।

उनले सबैभन्दा बढी ओलीलाई आफैंले तेल लगाएको बताए । ‘तीन वर्षको दौरानमा सबैभन्दा बढी मैले उहाँलाई तेल लगाएँ तर कुकुरको पुच्छर सोझिएन,’ दाहालले भने ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्