Logo

प्रमाणपत्र लिँदै सुहाङले भने: मत दिनेको शिर कहिल्यै झुक्न दिनेछैन



काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा निवाचित एमालेका उम्मेदवार सुहाङ नेम्वाङले विजयी भएको प्रमाणपत्र लिएका छन् ।

मंगलबार नेम्वाङले मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेबाट प्रमाणपत्र लिएका हुन् । प्रमाणपत्र ग्रहण गर्दै सुहाङले मत दिने कसैको पनि शिर निहुरिन नदिने प्रविबद्धता जनाएका छन् । संक्षिप्त मन्तव्य राख्दै उनले बुवा सुवासचन्द्र नेम्वाङले देखाएको बाटोमा सदैव हिँड्ने बताए ।

प्रमाणपत्र ग्रहण गर्दै सांसद नेम्वाङले आफूलाई विजयी गराउने मतदाताको शिर झुक्न नदिने गरी काम गर्ने वाचा गरे । ‘विजयी भएको आजको दिन म वाचा गर्न चाहन्छु । मलाई अमूल्य मत दिएर विजयी गराउने मतदाताको शिर झुक्ने कुनै काम गर्नेछैन । तपाईँले राख्नुभएको एक एक मतको सुरक्षा गरेर कुनै पनि सङ्कोच नहुने गरी म काम गर्नेछु । बुवाले देखाउनुभएको त्यही बाटो र उज्यालोलाई समाएर प्रतिबद्ध हिसाबले इमानदार र निष्ठापूर्वक काम गर्नेछु । तपाईंको शिर कहिल्यै झुक्न दिनेछैन । सबैसँग हातेमालो गरी अगाडि बढ्नेछु’, उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot