Logo

ट्रम्पको ट्वीटर एकाउन्ट बन्द गर्नु सही निर्णयः डोर्सी



एजेन्सी, १ माघ । ट्वीटर इनकका प्रमुख ज्याक डोर्सीले अमेरिकी राजधानीमा ट्रम्प समर्थकहरुले भड्काएको दंगाको कारण राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट बन्द गर्ने निर्णय सही रहेको बताएका छन् । बुधबार उनले यस विषयमा जानकारी गराउँदै निर्णय सही भएतापनि उक्त मुद्दा खतरनाक उदहारणको रुपमा उम्रिरहेको समेत जानकारी गराए ।

झण्डै ९ करोड फलोअर भएका ट्रम्पको एकाउन्टलाई ट्वीटरले सामाजिक द्वन्द्व भड्किने कारण उक्त एकाउन्टलाई सधैका लागि बन्द गरिदिएको उनले बताए । यस सन्दर्भमा डोर्सीले भनाई उदृत गर्दै भनिएको छ,‘उनीहरुले विभाजनको प्रक्रियालाई हावा दिइरहेका छन् । वास्तविकता नबुझिकन ट्रम्प समर्थकहरुले यसलाई नराम्रो तरिकाले लिएका छन् । मलाई उक्त निर्णय प्रति डर लाग्न थालेको छ । एउटा व्यक्तिको कारण विश्वसामु छलफलको विषय बनेको छ ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot