Logo

फेसबुक र इन्स्टाग्रामद्धारा ट्रम्पको एकाउन्ट पुनः सुचारु



एजेन्सी, ४ माघ । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट पुनः सुचारु गरिएको छ । वाशिङटनमा दंगा भड्काएको आरोपको कारण फेसबुक र इन्टाग्रामले उनको एकाउन्टलाई बन्द गरेको थियो ।

शनिबार उनको एकाउ्रन्टलाई दूवै कम्पनीले सुचारु गरेका हुन् । दूवै कम्पनीलाई फेसबुकले नै हेरिरहेको कारण उनको एकाउन्टलाई बिना कुनै स्टेटमेन्ट जारी गर्दै सुचारु गरिएको छ । ६ जनवरी देखि उक्त एकाउन्टबाट कुनै पोस्ट भएको थिएन । ट्रम्पको एकाउन्ट सुचारु भएतापनि अझ उनले सञ्जालमा पोस्ट गर्न सक्छन् कि सक्दैनन् भन्ने विषय स्पष्ट रुपमा देखिएको छैन् । दंगा भड्काएको आरोपमा फेसबुकले उनको कार्यकाल नसकुञ्जेलसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot