Logo

सिपाहीको पेन्सन १६ वर्षमै पाक्ने गरी सैनिक नियमावली संशोधन हुँदै



काठमाडौं, ५ माघ । नेपाली सेना र सिपाहीले अबबाट १६ वर्षमै पेन्सन पाक्ने अवस्था तयारी गरिदैछ । यसका लागि नियमावली संशोधन हुँदैछ ।

नियमावली संशोधन भएलगत्तै सेवा सुरु गरेको १६ वर्षमा पेन्सन पाक्ने भएको छ । तेस्रोपटक नेपाली सेनाले सैनिक सेवा नियमावली संशोधन प्रस्ताव गर्दै पेन्सनबारे नयाँ व्यवस्था कार्यवान्यन गर्न लागेको हो । तर, माथिल्लो तहका सैनिकका लागि भने सेवावधि केही बढी हुने प्रस्तावमा उल्लेख छ ।

पेन्सन अवधि परिमार्जन गर्न नेपाली सेनाले नियमावलीमा संशोधन गरेर रक्षा मन्त्रालय पठाएको जनाइएको छ । सेनाले तेस्रो पटक संशोधन गर्न लागिएको नियमावलीमा सहायक सेनानी र सोभन्दा माथि महारथीको पेन्सन २० वर्ष गर्न प्रस्ताव गरिएको छ । त्यस्तै सुवेदार, प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दालाई सेवा प्रवेशको १७ वर्षमा अवकाश दिन सिफारिस गरिएको छ ।

रक्षा मन्त्रालयमा पठाइएको नियमावलीमा ०६० साल वैशाख २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएकाको हकमा यो नियम लागू गर्न भनिएको छ ।

नियमावलीमा सहमति प्राप्त भएपछि मन्त्रालयले त्यसलाई मन्त्रिपरिषदमा लगेर पेस गर्ने जनाइएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालमा लोकप्रीय कदम अन्र्तगत यसलाई अगाडि बढाएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot