Logo

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते बस्ने



काठमाडौं, माघ ६ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ । यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण सो दिन अपराह्न १ बजे तोकिएको छ। बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशन सम्बन्धमा छलफल हुने बताइएको छ ।

कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध बिहीबार ७५३ पालिकाका छ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेसले विघटनविरुद्ध यसअघि सबै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र तथा पालिकामा विरोध प्रदर्शन गरिसकेको छ ।

यसअघि नेपाली काग्रेंस केन्द्रिय कमिटिको बैठक पुस २७ गते तोकिएको थियो । तोकिएकै समयमा बैठक बस्न नसकेपछि काग्रेंले आज दिउँसो १ बजे बैठक डाकेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot