Logo

विदेशबाट फर्किएकालाई टाटा मोटर्सको विना धितो गाडी



काठमाडौं, माघ ६ । टाटा मोटर्सको लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुलाई विना धितो गाडी दिने भएको छ।

टाटा मोटर्स स्वावलम्बी अभियान योजना अन्तर्गत विदेशबाट नेपाल फर्किएका युवालाई कमर्शियल गाडीहको खरिदमा विना धितो ६ प्रतिशत भन्दा कम ब्याजदरमा गाडी उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

युवा वर्गलाई स्वदेशमै व्यापाररव्यवसाय गर्ने वातावरण मिलाएर आत्मनिर्भर बनाउने उद्देश्यले यस अभियान सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot