Logo

कामना सेवा विकास बैंकको अधिकांश सूचकमा उल्लेख्य सुधार



काठमाडौं, माघ ६ । कामना सेवा विकास बैंक लिमिटेडको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।

बैंकले प्रकाशित गरेको विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६२।६२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १४ करोड ८५ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै गैर सञ्चालन आम्दानी उल्लेख्य बढेका कारण खुद नाफा १६२ प्रतिशत बढेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २७ करोड १९ लाख ६७ हजार रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.८५ प्रतिशत बढेर ६८ करोड ८० लाख ८९ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ६४.३२ प्रतिशत बढेर ३४ करोड ६९ लाख ५६ हजार रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्ममा बैंकले २१ करोड २ लाख ५४ हजार रुपैयाँ गैर सञ्चालन आम्दानी गर्न सफल भएको छ। जसका कारण बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो आम्दानी १० लाख २४ हजार रुपैयाँ मात्र थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot