Logo

सिटिजन्स लाइफको साधारण सभा आम्रपाली ब्याङ्कवेटमा हुने



काठमाडौं, ६ माघ । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा फागुन २ गते हुने भएको छ । पुस २९ गते बसेको संचालक समितिको बैठकले आम्रपाली ब्याङ्कवेट नक्सालमा तेस्रो साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले सर्वसाधारण शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ ।

सभाले ०७५/०७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी, आवको वासलात नाफा नोक्सान हिसाब विवरण र नगद प्रवाह विवरण माथि छलफल गर्नेछ । सभाले आगामी वर्षको लागि लेखापरिक्षकमा अहिले कै लेखापरिक्षकलाई पुनः नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot