Logo

महालक्ष्मी बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गर्दै



काठमाडौं, ६ माघ । महालक्ष्मी विकास बैंकले संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्ने जनाएको छ । कम्पनीले हाल कायम भएको संस्थापक शेयर अनुपात ५२.४९ र सर्वसाधारण समुहको ४७.५१ रहेकोमा ५१.४९ लाई रुपान्तरण गर्ने प्रक्रियामा अगाडी बढाएको हो ।

संस्थापक शेयरधनीहरुले सर्वसाधारण शेयर वा कुनै समुहमा रुपान्तरण गर्न नचाहेमा लिखित रुपमा बैंकमा विवरण पेश गर्न आग्रह गरेको छ । सुचना प्रकाशित भएको ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय दरबारमार्गमा विवरण पेश गर्न पनि आग्रह गरेको छ ।

बैंकले शेयर अभौतिकरण नगरेका शेयरधनीहरुलाई चाडो भन्दा चाडो आफ्नो शेयर अभौतिकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot