Logo

घरजग्गा कारोबार हालसम्मकै उच्च स्थानमा, एक महिनामै ७ अर्ब राजस्व संकलन



काठमाडौं, ६ माघ । लकडाउन पछि लगातार उकालो लागेको घरजग्गा कारोबार पुस महिनामा ह्वात्तै बृद्धि भएको छ । भुमि व्यवस्थापन विभागको तथ्यांक अनुसार पुस महिनामा मात्र ८० हजार घर जग्गा किनेबेच भएको छ भने ७ अर्ब राजस्व संकलन भएको छ ।

मालपोत कार्यालयहरु अनलाइन प्रणालीमा जानु अघि एक महिनामा ५० देखि ५५ हजार वटा मात्र कारोबार हुने गरेको थियो । कारोबार र राजस्व संकलनको हिसाबले पुस महिनामा भएको घर जग्गा कारोबार इतिहासकै उच्च हो ।

कार्तिक महिनामा ६० हजार र मंसिर महिनामा ६५ हजार घर जग्गा किनबेच भएको थियो । विभागको अनुसार अहिलेसम्म सरकारले उठाएको मासिक कुल राजस्व ५ अर्ब मात्र पुगेको थियो । पुस महिनामा भएको कारोबार अहिले सम्मकै उच्च ७ अर्ब राजस्व संकलन भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot