Logo

लिलामी शेयर बाँडफाँटमा नपरेको रकम आजदेखि फिर्ता गर्दै नेपाल फाइनान्स



काठमाडौं, ६ माघ । नेपाल फाइनान्स लिमिटेडले लिलामी शेयर बाँडफाँटमा नपरेको रकम आजदेखि फिर्ता भुक्तानी गर्ने भएको छ । नेपाल फाइनान्सले ५ लाख १५ हजार २४८.२५ कित्ता शेयर लिलामीमा राखेको थियो । २ लाख ६० हजार १६९.५० कित्ता शेयर सर्वसाधारण र २ लाख ५५ हजार ७८.७५ कित्ता सस्थापक समुहको लागि फाइनान्सले लिलामीमा ल्याएको थियो ।

बाँडफाँडमा नपरेको शेयर वापतको रकम सिधै आवेदकहरुको दरखास्त फाराममा उल्लेख गरिएको बैंक खाता नम्बरमा जम्मा गरिदिने इन्स्योरेन्सले जनाएको छ ।

इच्छुक व्यक्तिहरुले कम्पनीको शेयर न्युनतम १ सय रुपैयाँलाई आधार मानेर त्यो भन्दा धेरै मुल्य तोकेर बोलकबोल माध्यमबाट आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो । लगानीकर्ताहरुले पुस २४ गतेसम्म आवेदन दिएका थिए । कम्पनीको शेयर बिक्रि तथा प्रबन्धकमा प्रभु क्यापिटल कमलादी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्