Logo

केपी ओली होईन, असली एमाले म हुँ : माधव नेपाल



काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनकारीको संज्ञा दिएका छन् । उनले ओलीले उनले जनतालाइृ भ्रम छरेको र संविधामाथि कु गरेको आरोप लगाउका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित आफूहरुनिकट प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले भने,‘ओरिजिनल एमाले माधव नेपाल हो, केपी ओली होइन । तर अव कोही छैन एमाले र माओवादी । सबै एक भैसकेको छ, नेकपा भैसकेको छ । उनले ओली गणतन्त्र र संघीयता विरोधी भएको बताए । उनले अघि भने,‘कुनै भ्रममा नपर्नुस् केपी ओली प्रतिगमनका प्रतिक हुन् । अग्रगमनका होइनन् । उनको एकलवाद, अहंकार, दम्भी र संवैधानिक कदमका विरुद्ध सिंगो देश आन्दोलित छ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्