Logo

सुवास नेम्वाङबारे खगेन्द्र संग्रौलाले भनेः नाङ्गै घुमाए त सडकमा



काठमाडौं, ७ माघ । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको आलोचना गर्दै लेखक खगेन्द्र संग्रौलाले दुई जिब्रे भनेका छन् । आज सामाजिक सञ्जालमा नेम्वाङ नाङ्गिएको टिप्पणी गरेका हुन् ।

संविधानसभाका अध्यक्ष भएर संविधान निर्माण गर्दा नेम्वाङले प्रधानमन्त्रीले यो संविधान अनुसार संसद विघटन गर्न नसक्ने बताएका थिए । तर, नेम्वाङ संसद विघटन गर्न लगाएका प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अभिव्यक्ति दिदै आएका छन् ।

नेम्वाङको यो शैलीप्रति व्यङ्ग्य गर्दै संग्रौलाले भनेका छन्,‘संसद विघटनसँग असहमत हुनेहरुले यीनलाई दुई जिब्रे, शरमपाचक र ओली सरको आज्ञाकारी अश्व भनेर नाङ्गै घुमाए त सडकमा !’



प्रतिक्रिया दिनुहोस्

Screenshot