Logo

ठगी गर्ने गिरोहका मानिस पक्राउ



बारा, ८ माघ । सामाजिक संजाल मार्फत ठगी गर्ने गिरोहमा संलग्न मध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ठगीमा सम्लग्न प्रसौनी गाउँपालिका–४ बंजरिया टोलका २७ वर्षीय भोला महतो मंगलबार पक्राउ परेका हुन् ।

महतोले महागढीमाई नगरपालिका–३ बस्ने दिपेन्द्र प्रसाद जयसवाललाई २५ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको छ र उक्त रकम प्राप्त गर्न अग्रिम १ लाख ७५ हजार रुपैयाँ जम्मा गर्नुपर्छ भनी बिभिन्न प्रलोभन दिई उक्त रकम ठगी गरी फरार रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

महतोमाथि ठगी मुद्दा शीर्षकमा जिल्ला अदालत बाराबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot