Logo

मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले बृद्धि



काठमाडौं, ८ माघ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षमा ६१ करोड भन्दा धेरै मुनाफा गरेको छ । बैंकको चालु आव वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण हिजो सार्वजनिक गरेको हो ।

विवरण अनु्सार बैंकले यो वर्ष ६१ करोड ५५ लाख ७३ हजार खुद नाफा गरेको  छ । गत वर्ष ४७ करोड २५ लाख १२ हजार मुनाफा भएको थियो । यो वर्ष ३० प्रतिशत बढीले बृद्धि भएको हो ।

०६३ साल पुस १९ गते स्याङ्जाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना गरेर १ करोड ३० लाख चुक्ता पूँजीमा बैंक सञ्चालनमा आएको थियो । बैंकले कोरोनाको महामारीको विषम परिस्थितिमा डिजिटल बैंकिङ प्रणालीलाई प्रोत्साहन गर्न भिसा कन्ट्याक्टलेस डेबिट कार्ड संचालनमा ल्याएको छ ।

भिसा कन्ट्याक्टलेस डेबिट कार्ड नियर फिल्ड कम्युनिकेसन एनएफसी मा आधारित प्रविधि हो । यसबाट ग्राहकले आफ्नो कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरी सरल तरिकाले पीओएस टर्मिनलमा ग्राहकले खरिद गरेका सामग्रीको बिल भुक्तानी गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot