Logo

साहसी गोताखोर सलामी बने वर्ष जवान, दाहाललाई उत्कृष्ट बाहिनी अवार्ड



काठमाडौं, माघ ९। सशस्त्र प्रहरी बलले साहसिक उद्धारक सशस्त्र प्रहरी सहायक हबलदार ओमबहादुर सलामीलाई वर्ष जवान छनोट गरेको छ । सशस्त्र प्रहरी बलले संगठनमा पु¥याएको विशिष्ट योगदानको उच्च कदर गर्दै सलामीलाई वर्ष जवान २०७७ छनोट गरेको हो ।

आज शुक्रबार मनाइने २०औं वार्षिकोत्सवमा सलामीलाई वर्ष जवान घोषणा गरिने भएको छ । सशस्त्र प्रहरी बलले वर्षभरि उत्कृष्ट काम गर्ने तल्लो तहका कर्मचारीहरू जवानदेखि वरिष्ठ हबलदारसम्मको कामको उच्च मूल्यांकन गर्दै उनीहरूबाटै वर्ष जवान छनोट गर्दै आएको छ ।

तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले बिल्लादार जवानमा ऊर्जा प्रदान गर्न २०६९ सालदेखि वर्ष जवान घोषणा गर्न थालेकामा सशस्त्रले यसलाई निरन्तरता दिँदै आएको छ ।वर्ष जवान घोषणा भएकालाई सशस्त्र प्रहरी बलले एफपीयू मिसनमा उच्च प्राथमिकता दिँदै आएको छ । वर्ष जवान घोषित व्यक्तिलाई एफपीयू मिसनमा स्वतः छनोट गर्ने गरिएको छ ।

यसैगरी, वर्ष जवान घोषणा भएका कर्मचारीका एक सन्तानलाई कल्याणकारी कोषमार्फत १२ कक्षासम्म अध्ययन गर्न वार्षिक २४ हजार रुपैयाँका दरले छात्रवृत्ति दिने गरिएको छ । यस्तै सशस्त्र प्रहरी महानिरीक्षकबाट छातीमा लगाउन वर्ष जवानको ट्यागसमेत प्रदान गर्ने गरिन्छ । वर्ष जवान घोषणा गरिँदा १० हजार रुपैयाँ नगद र प्रशंसापत्र पनि प्रदान गर्ने गरिन्छ । वर्ष जवान घोषणा भएकालाई संगठनभित्रै पनि उच्च मूल्यांकनका साथ हेर्ने गरिन्छ ।

सरकारले पछिल्ला दिनमा गोताखोरको वृत्तिविकास र आर्थिक सहयोगमा विशेष ध्यान दिइरहेको छ । केही समयअघि मात्रै सरकारले गोताखोरलाई १० लाख रुपैयाँको बिमा गर्ने र उद्धारमा खटिएको दिनको ३ सय रुपैयाँ भत्ता दिने निर्णय पनि गरेको थियो ।

सशस्त्र प्रहरी बलले भने गोताखोरका दुई जना सन्ततिलाई एपीएफ स्कुलमा १२ कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था मिलाउँदै आएको छ । सशस्त्र प्रहरी बलद्वारा सञ्चालित कल्याणकारी कोषमार्फत यो व्यवस्था मिलाइएको हो । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले २०६६ सालमा सशस्त्र प्रहरी बलमा कल्याणकारी कोषको स्थापना गरेका हुन् ।

वर्ष जवान घोषणा भएका सलामी सुर्खेतको लेकबेंसी नगरपालिका–३ ब्याँवरे निवासी हुन् । अहिले उनी कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत छन् । उनी खोताखोर पनि हुन् ।

३ कात्तिक २०६३ मा सशस्त्र प्रहरी बलमा सेवा थालेका सशस्त्र प्रहरी सहायक हबलदार सलामी कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट उद्धारका लागि मुुलुकका धेरै भागमा पुगेका छन् । पृथ्वी राजमार्गअन्तर्गतका विपद्जन्य घटनामा उनी उद्धारमा नगएको घटना त कमै छन् । उद्धारका लागि उनी सोलुखुम्बुका अलावा बाँके, पोखरा, दांग, नुवाकोट, पाल्पा, तनहुँलगायत जिल्ला पुगेका छन् ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot