Logo

संगठित हुँदै सांस्कृतिक पत्रकार, संयोजकमा न्यौपाने



काठमाडौं, ९ माघ । विभिन्न सञ्चारमाध्यममा सांस्कृतिक विषयमा कलम चलाइरहेका सञ्चारकर्मीको भेलाले नेपाल सांस्कृतिक पत्रकार समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।  कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेको संयोजकत्वमा गठित समितिमा राष्ट्रिय समाचार समितिका पूर्णप्रसाद मिश्र, रेडियो नेपालका अच्युत अर्याल, नेपाल टेलिभिजनका राजेन्द्रराज तिमल्सिना, कान्तिपुर एफएमका अच्युत सुवेदी रहेका छन् ।

त्यसैगरी साप्ताहिक विमर्शका जयराम सापकोटा, गौरी मासिकका अर्जुन लामिछाने, शुभारम्भ मासिकका दिनेश सिम्पाने पोखरेल, छयोर्तेन मासिकका अमित लामालगायत विभिन्न सञ्चारमाध्यमका पत्रकार सदस्य रहेका छन् । तदर्थ समितिले छ महिनामा समाजको विधान तर्जुमा गरी विधिवत् रूपमा संस्था सरकारी निकायमा दर्ता गर्ने निर्णय पनि भेलाले गरेको छ । समाजले संस्कृति, सम्पदा र पुरातत्वका विषयमा कलम चलाउने सञ्चारकर्मीको हकहितमा काम गर्ने जनाइएको छ । ती क्षेत्रको संरक्षणमा समेत आवाज उठाउने संयोजक न्यौपानेले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot