Logo

माओवादी पूर्वलडाकुका दुवै संगठन ओली समुहमा



काठमाडौं, माघ ११। तत्कालीन माओवादी जनयुद्धका क्रममा लडेका लडाकुलाई केन्द्रित गरी सरकारले विशेष कार्यक्रम ल्याउने भएको छ । पूर्वलडाकुका दुवै संगठन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा समाहित भई आफूहरूको हकहितका लागि विशेष कार्यक्रम ल्याउन प्रधानमन्त्रीसँग आग्रह गरेपछि प्रधानमन्त्री ओली उनीहरूको हितमा केन्द्रित कार्यक्रम ल्याउन सहमत भएका हुन् ।

शनिबार तत्कालीन माओवादीका लडाकुहरूको संगठन पूर्वजनमुक्ति सेना तथा बहिर्गमित बाल सेना संगठनका पदाधिकारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको थियो ।

नेकपा–दाहाल नेपाल समूहका केन्द्रीय सदस्य लीलबहादुर थापासहित पूर्वलडाकु कमान्डरहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली नेतृत्वमा समाहित भएको घोषणा गरेका हुन् । पूर्वलडाकु संगठनका अध्यक्ष टुकबहादुर थापा (अर्जुन) र बहिर्गमित बाल सैनिक संगठनका लेनिन विष्टसहितका पदाधिकारीले ओली पक्षमा लागेको घोषणा गरेका थिए ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले पूर्वजनमुक्ति सेनाका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए । ओलीले विगतमा नेतृत्वले गरेको गल्ती आफूले नगर्ने बताउँदै भने, ‘जनयुद्धको अवधिमा तपाईहरुको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ ।

नेतृत्वले तपाईंहरूको भावनाको दुरूपयोग ग(यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, मबाट कहिल्यै गल्ती हुनेछैन ।’ नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुनेछैन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार सूर्य थापाले भने ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot