Logo

लक्ष्मी लघुवित्तको अधिकांश सुचक सुधारोन्मुख



काठमाडौं, ११ माघ । लक्ष्मी वित्तीय संस्था लिमिटेडले गएको आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तका धेरै सुचकमा सुधार आएको देखिएको छ ।

लघुवित्तले पुस मसान्तसम्म ९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन विवरणमा उल्लेख छ । यो नाफा गत आवको तुलनामा २७.५१ प्रतिशत धेरै हो । गत वर्षको सोही समयसम्ममा ७ करोड ८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । समीक्षा अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी २२ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने मुनाफा २७.८९ प्रतिशत बृद्धि भई १४ करोड २१ लाख रुपैयाँ पुगेको जनाएको छ ।

दोस्रो त्रैमासपछि लघुवित्तको चुक्तापुँजी २७ करोड ८३ लाख रुपैयाँ र जगेडा कोषमा २४ करोड ७५ लाख रुपैयाँ पुगेको जनाएको छ । पुस मसान्तसम्ममा लघुवित्तले १ अर्ब ८७ करोड ८६ लाख रुपैयाँ तथा ३ अर्ब २९ करोड २३ लाख रुपैयाँ सापटीबाट कुल ५ अर्ब ५० करोड २४ लाख रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot