Logo

नागरिक पेन्सनको कर छुट माग्दै नागरिक लगानी कोष



काठमाडौं, ११ माघ । नागरिक लगानी कोषले सरकारसँग नागरिक पेन्सन योजनामा जम्मा हुने फन्टमा कर छुटको माग गरेको छ । धेरै भन्दा धेरै नागरिकलाई उक्त योजनामा आबद्व गराउन कर छुट माग गरेको कोषले जनाएको छ । यस योजनामा आबद्व हुने नागरिकलाई आयकारमा छुटको माग कोषले गरेको हो ।

सरकारको तर्फबाट वार्षिक रुपमा दम्पत्तीलाई ४ लाख ५० हजार र एकललाई ४ लाखसम्म आम्दानी गर्र्नलाई छुट दिएको छ । त्यस्तैगरी, बीमामा वार्षिक २५ हजारसम्ममा आयकरमा छुट दिदै आएको छ । उक्त छुटमा नागरिक पेन्सन योजनालाई पनि छुट दिन कोषले सरकार समक्ष आग्रह गरेको छ । यस योजनामा १५ वर्षसम्म निरन्तर पैसा जम्मा गर्न सकिन्छ । ५ सय रुपैयाभन्दा माथि जति पनि जम्मा गर्न सकिने कोषले जनाएको छ । बचत मासिक तथा त्रैमासिक र वार्षिक रुपमा पनि जम्मा गर्न सकिन्छ । योे योजनामा लगानी कोषमा आवद्ध भएकाले मात्र नभएर सर्वसाधारण नागरिकले पनि सहभागिता जनाउन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot