Logo

९ व्यावसायिक फर्मलाई कारबाही



चितवन, माघ १५ । चितवनका ९ व्यावसायिक फर्मलाई कारबाही गरिएको छ । मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारबाही गरिएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय चितवन, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बाग्मती प्रदेश, वडा प्रहरी कार्यालय नारायणगढको प्रतिनिधिसहितको टोलीले मंगलवार नारायणगढका व्यावसायिक प्रतिष्ठानमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा मूल्यसूची नराखिएका सात व्यावसायिक प्रतिष्ठानलाई ५०र५० हजार र आवश्यक कागजपत्र देखाउन नसकेका दुई संस्थालाई २०र२० हजार रुपैयाँ जरीवाना तोकिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त प्रमुख जितबहादुर भण्डारीले जानकारी दिए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot