Logo

स्याल लखेट्ने क्रममा बन्दुक पड्केर घाइते भएपछि…



काभ्रेपलाञ्चोक, २ फागुन । एक नाल भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मण्डनदेउपुर नगरपालिका–३ खस्रे बस्ने ३४ वर्षीय अमित गुरुङ १ नाल भरुवा बन्दुक सहित शुक्रबार दिँउसो पक्राउ परेका हुन् ।

गुरुङले बिहीबार सोही ठाउँस्थित स्याल लखेट्ने क्रममा लड्दा आफैंले बोकेको उक्त बन्दुक पड्केर घाइते भएपछी उनलाई बयोधा अस्पताल बल्खु काठमाडौंमा उपचार पश्चात् नियन्त्रणमा लिएको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्