Logo

बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ



बाँके, ३ फागुन । बहुबिवाह मुद्दाका फरार प्रतिवादी २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बहुबिवाह मुद्दाका फरार प्रतिवादी कोहलपुर नगरपालिका–४ निबुवा बस्ने ३४ वर्षीय जय बहादुर गिरी र सोही ठाउँ बस्ने ३३ वर्षीया छायाँ गिरी आइतबार दिउँसो पक्राउ परेका हुन् ।

जिल्ला अदालत बाँकेको २०६८ कात्तिक ३० गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद सजय ठहर भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ । दुबै जनालाई जिल्ला अदालत बाँकेमा बुझाइएको उक्त कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot