Logo

लागुऔषध मुद्दामा पक्राउ प्रतिवादी पुर्पक्षमा कारागार चलान



सप्तरी, ५ फागुन् । अवैध लागुऔषध मुद्दामा २ जना पक्राउ परेका छन् । भारत बाट नेपाल तर्फ आउदै गरेको बा.९७ प.१४९७ नं को मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा २ जनालाई प्रहरीले लागुऔधष सहित मंसिर ८ गते पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक महादेवा गाँउपालिका वडा नं २ का ३४ वर्षीय सन्तोष यादब र हनुमाननगर कंकालिनि नगरपालिका वडा नं १४ रामपुरमल्हनियाका ५० वर्षीय बिरेन्द्र यादव रहेका छन् । मोटरसाइकलको बीचमा राखिएको झोला भित्र लुकाई छिपाई राखिएको प्रतिबन्धित लागु औषधसहित फेला पारी मोटरसाईकल सहित उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । सप्तरी जिल्ला अदालतको आदेशपछि सोमबार प्रतिवादीहरुलाई पुर्पक्षको लागि कारागार चलान गरेको सप्तरी प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot