Logo

पशुपतिनाथको मन्दिरमा १ सय ८ केजी सुनको जलहरी राखियो



काठमाडौं, फागुन १३ । भगवान पशुपतिनाथ मन्दिरमा सुनको जलहरी (सुवर्ण पीठिका) राखिएको छ । बुधबार पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा १०८ केजी सुनको जलहरी राखिएको हो । गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार बुधबार सुनको जलहरी राखिएको हो ।

सुनको जलहरी राखेपछि राष्ट्रपति भण्डारीले विशेष पूजा गरी फर्किएकी हुन् । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जलहरी राख्ने काम सम्पन्न भएको र अब तीन दिनसम्म क्षमा पूजा गरिने जानकारी दिए । कार्यकारी निर्देशक खतिवडाका अनुसार पशुपति क्षेत्र विकास कोषको पहलमा राखिएको सो जलहरी पशुपतिनाथको दर्शन गर्न जाने भक्तजनले पनि देख्न पाउनेछन् ।

जलहरी निर्माण कार्यमा करिब ८५ करोड रुपैयाँ खर्च भएको छ । जसमध्ये गत १२ माघमा पशुपतिनाथ मन्दिर पुगेका बेला प्रधानमन्त्री ओलीले ३० करोड रुपैयाँ सरकारका तर्फबाट दिने घोषणा गरेका थिए । दाताबाट केही रकम प्राप्त भएको थियो भने बाँकी कोष आफैंले जुटाएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot