Logo

२० फागुनपछि मात्र संसद बैठक



काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट संसदको बैठक २० फागुनपछिको मिति पारेर बोलाउने सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउने भएका छन् । उनले त्यसको जानकारी निकटस्थहरुसँग गरिसकेका छन् ।

बिहिबार ओलीले राष्ट्रपति भण्डारीसँग शितलनिवासमा भेटी संसद बैठक डाक्नेबारे परामर्श गरेका थिए । सर्वोच्च अदालतले ११ फागुनमा प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरी १३ दिनभित्र बैठक बोलाउन आदेश जारी गरेको छ । २४ फागुनभित्र संसद बैठक बोलाइसक्नुपर्छ ।

प्रधानमन्त्री ओलीले भने २२ गतेका लागि प्रतिनिधि सभा बैठक डाक्ने तयारी गरेको जानकारी दिएको निकटस्थले बताएका छन् । एक दिन अघि वा पछि पनि हुनसक्ने उनले बताएका छन् ।

२० फागुनमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपालाई दर्ता गराएकोमा आयोगविरुद्ध दायर रिटमाथि फैसला आउँदैछ । फैसला आएपछि नेकपाको वैधानिक विभाजन हुने या नहुने टुंगो लाग्नेछ । नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिने गरी फैसला आउने चर्चा चलिरहेको छ ।

यही अवस्थालाई दृष्टिगत गरी ओलीले २० फागुनपछि मात्र संसद बैठक बोलाउन सिफारिश गर्ने भएका छन् ।

ओलीले आजै पार्टी संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई मनोनयन गरेका छन् । यसअघि देव गुरुङ मुख्य सचेतक थिए ।

ओलीद्वारा नेकपा संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराईको मनोनयन

यसरी हुनसक्छ नेकपा एमाले र माओवादी केन्द्रको पुनर्जन्म

नेकपाको दुई समूहमा को कता (सूचीसहित)

नेकपा एक बनाउन वामदेव सक्रिय, प्रधानमन्त्री ओलीसँग भेटवार्ता



प्रतिक्रिया दिनुहोस्

Screenshot