Logo

सरकारको प्राथमिकतामा नारी सशक्तीकरण : उपप्रधानमन्त्री पोखरेल



फागुन २४, काठमाण्डौ । ब्यूतिएको नेकपा एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब पार्टीको सङ्गठन निर्माण नयाँ ढङ्गले विकास गर्ने बताएका छन् । सोमबार महिला दिवसको अवसरमा आयोजित कार्यक्रम भएकाले उनले बढी जसो महिलासँग सम्बन्धित विषयमा चर्चा गरे ।

‘महिलाको सम्पत्तीमाथीको अधिकार, श्रम, न्याय, समानतालगायत विषयमा विद्ययक तथा कानुनले महिलाहरूलाई अगाडी ल्याइएको’ पोखरेलले चर्चा गरे । आफू उपप्रधानमन्त्री समेत रहेको सरकारले महिलाको प्राथमिकता सिर्जनात्मक काम गरेको उनले दाबी गरे ।

विचार, संगठन र नेतृत्वभन्दा पनि चुनावमा बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेकाले अहिले समस्या भएको उनको भनाइ थियो । आइतबारको सर्वोच्च अदालतको फैसलापछि एकीकृत पार्टीको अवस्था ३ जेठ २०७५ अगाडिको अवस्थामा पुगेको उल्लेख गर्दे उनले अब नेकपा एमालेले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने बताए ।

आफू पुन महासचिव भएकोमा खुसी व्यक्त गरेका छन् । काठमाडौँ क्षेत्र नं ५ मा अखिल नेपाल महिला सङ्घले आयोजना गरेको १ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रममा पोखरेलले सर्वोच्च अदालतको फैसलाले साबिकको एमाले ब्युँतिएको प्रसङ्ग उल्लेख गर्दै यस्तो बताएका हुन् ।

सर्वोच्चको आइतबारको फैसलाले नेपाल कम्युष्ट पार्टी नेकपाको नाम सम्बन्धी विवादमा सुनाएको फैसलामा साबिकको नेकपा एमाले र माओवादी केन्द्र अलग अलग हुने उल्लेख छ । फैसलापछि दुवै दलले पुन एकता सुरु गर्नुपर्ने भएको छ ।

साबिकको एमालेको ९ औ महाधिवेशनमा पोखरेल महासचिवमा निर्वाचित भएका थिए । माओबादीसंगको एकतापछि भने एमालेमा तल्लो बरीयतामा रहेका उपमहासचिव विष्णु पौडेललाई महासचिव बनाइयो । सर्वोच्चको फैसलापछि भने पोखरेलको पार्टी एमाले पुस्थापना भएको छ भने उनी महासचिवमै कायम भएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि नयाँ ढंगले पार्टीलाई एकताबद्ध बनाउँछौँ । हिजोजस्तो गरी राटो छोडेर, काँचोकट्मिरो राखेर एकताको कुरा हुँदैन,’ उनले भने, ’विचारमा खदिलो बनाएर, संगठन राम्रो र नेतृत्वमा योग्यता क्षमता पुगेका साथीलाई स्थापित गरेर अघि बढ्नुपर्छ ।’

केही समयअघि नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रधानमन्त्री ओली समूहका तर्फबाट थप गरिएका केन्द्रीय सदस्य पनि नेकपा एमालेकै केन्द्रीय सदस्य हुने भन्दै सबैलाई विश्वस्त हुन आग्रह गरे ।

उनले नेकपा एमाले सूर्य चिह्नसहित सबैलाई समेटर अघि बढ्ने बताए । छिनछिनमा सरकार बदलिने, हेरफेर भइरहने कुरा भयो भने मुलुकमा अस्थिरता पैदा हुने र त्यसले समग्र आर्थिक र विकासको गतिलाई प्रभाव पार्ने भएकाले आफूहरूले त्यसो गर्न हुँदैन भन्ने अडान राख्दा पार्टी भित्रैबाट अहसहयोग भएको दाबी उनले गरे ।

आत्मालोचना गर्दै पार्टीमा आए स्वागत गर्छौँ : नेतृ गुरुङ

कार्यक्रममा संविधानसभा सभा सदस्य रत्ना गुरुङले सर्वोच्च अदालतको पछिल्लो फैसलाले आफूहरू खुसी भएको बताइन् । पार्टी पुनर्स्थापना हुनु र सूर्य चिन्ह आफूहरूले पाउनु गौरवको विषय रहेको भन्दै उनले सम्पूर्ण नेता कार्यकर्ता एमालेमै आउने विश्वास व्यक्त गरिन् ।

खारेज भएको नेकपाको केन्द्रीय सदस्य समेत रहेकी नेतृ गुरुङले प्रचण्ड माधव नेपाल पक्षका नेताहरूप्रति लक्षित गर्दै उनले आत्मालोचना गर्दै पार्टीमा आए स्वागत गर्ने बताइन् ।

उनले भनिन् ‘केही साथीहरू पार्टी एकताको लागी भन्दै हिजो हामीहरूलाई आत्मालोचना गर्दै आउन आग्रह गर्थे, म उहाँहरूलाई आज आग्रह गर्दै छु, आत्मालोचना गरेर तपाईँहरू आउनुभयो भने स्वीकार गछौं ।’

वसुन्धरामा रहेको वसुन्धरा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य नारायण सिलवाल, दीपक निरौला, सीता लामा, संविधानसभा सदस्य मिरा ध्वजु, प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यसहित अनेम सङ्घका नेता तथा कार्यकर्ताहरूको बाक्लो सहभागितामा थियो ।



प्रतिक्रिया दिनुहोस्