Logo

मेडिसिटी अस्पतालद्वारा सेफ सन्तोष साह सम्मानित (फोटोफिचर)



काठमाडौं, २५ फागुन । नेपाल मेडिसिटी अस्पतालले सेफ सन्तोष साहलाई सम्मान गरेको छ । नेपाली खानाका परिकारलाई विश्वभर चिनाउन भुमिका खेलेको भन्दै मेडिसिटीले आज एक कार्यक्रमको आयोजना गरी साहलाई सम्मान गरेको हो। ललितपुरस्थित् मेडिसिटी अस्पताल प्राङगणमा आयोजित कार्यक्रममा अस्पालका अध्यक्ष डा. उपेन्द्र महतोले साहलाई सम्मान गरेका थिए।

सम्मानित भएपछि बोल्दै साहले मेडिसिटी अस्पतालले क्लिनिकल पोषण विशेषज्ञद्वारा निर्देशित स्वस्थ खाद्यको अभ्यास गरेकोमा प्रशंसा गरेका थिए । उनले आफूले सानो प्रयासमात्र गरेको र नेपाल सरकार तथा अरु संस्थाले चाहेमा नेपाली परिकारलाई वर्ल्ड फुड म्यापमा राख्न सकिने धारणा राखेका थिए । उनले आफूले सधैं स्वास्थ्यलाई जोडेर खानेकुरा बनाउँदै आएको र आगामी दिनमा पनि स्वास्थ्यप्रति सधैं संवेदनशील हुने विश्वास दिलाएका थिए ।

कार्यक्रममा अस्पतालका अध्यक्ष डा. महतोले साहले सानैदेखि अत्यन्तै परीश्रम गरेको र आज यो सफलता हात पारेको भन्दै खुशी व्यक्त गरेका थिए । साह र आफू एउटै गाउँबाट प्रतिनिधित्व गर्ने कुरा पनि महतोले जानकारी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot