Logo

‘चुनावबाहेक अरु केहीपनि विकल्प छैन, अब छिटो निर्वाचन हुन जरुरी छ’ : कोइराला



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले अब मुलुकलाई निकास दिनको लागि चुनावभन्दा अर्को विकल्प नभएको स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘देश अनिर्णयको बन्दी बन्यो, अब हामीसंग चुनावबाहेक अरु केहीपनि विकल्प छैन । अब छिटोभन्दा छिटो निर्वाचन हुन जरुरी छ ।’ प्रस्तुत छ कोइरालासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

निर्वाचन कसले गराउने ? केपी शार्मा ओलीले गराउने कि अर्को नयाँ प्रधानमन्त्रीले ?

राजनीतिमा सम्भावनाको खेल हुन्छ । त्यो सम्भावनाको खेलमा नेपाली काँग्रेसकै नेतृत्वमा निर्वाचन हुनुपर्छ ।

नेपाली काग्रेश कहाँ छ के गर्दै छ सरकारको नेतृत्व गर्न तयार भयो कि भएन ?

होईन, अब सर्वोच्चले जे निर्णय यिो त्यसले हरेक कुरा अस्तुगत अवस्थामा परिदिएको छ । राजनीतिक दलहरुलाई त्यसले भोलीको दिन यो संसद् अनिर्णयको वन्द्रि बन्छ भन्ने मलाई लाग्छ ।

कसरी अनिर्णयको वन्द्री हुनछ ? के कारणले ?

होईन संसद्ले त काम गर्न पाउँनु पर्यो होइन ।

आज छ नि त संसद्को अधिवेशन तपाईलाई थाहा छ ?

छ । निचोडहरू निस्किने अवस्था म देख्दिन् । नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष दल हो । अहिले त्यो दलले कस्तो भूमिका खेल्छ त्यो महत्वपूर्ण कुरा हो ।

तपाईँले त भूमिका खेल्न सक्नुभएको छैन ?

अस्तिसम्म त सर्वोच्चको फैसलापछि हामीले त पर्ख र हेरकै नीति लिएको हो होईन । अब सर्वोच्चको दोस्रो जुन निर्णय आयो, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) गरी पूनर्जिवित गरिदियो पुराना पार्टीहरुलाई । त्यसपछि अब नेपाली काँग्रेसले एकदमै पूर्व एक्टिभ भएर अगाडि बढ्नुपर्ने आवश्यकत्ता छ ।

नेपाली काँग्रेसमा एउटा बहस सुरु भएको छ–शेरवहादुर देउवा सही रहेछन रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला र कृष्णप्रसाद सिटौला गलत रहेछन भन्ने बाहिर चर्चा सुरु भएको छ नि ?

के विषयमा ?

संसद् पूनःस्थापनाको कुरामा शेरबहादुरले त्यतिखेर भन्नुभएको थियो नि– अदालतको बारेमा नबोल्नुहोस्, तपाईले भन्नुभयो दबाव दिनुपर्छ । हेर्नुहोस त तपाई कहाँ चुक्नुभयो ?

संसद् पूनःस्थापना नभएको भए यो संविधाननै कोल्याप्स हुन्थ्यो । संविधानसभाले बनाएको संविधाननै रहँदैन थियो । त्यो त बुझ्नुपर्यो नि हामीले ।

तपाईँले त त्यतिखेर माधवकुमार नेपाल र प्रचण्डसंग मिलेर जानुपर्छ भन्नुभएको थियो नि त ?

मैले त त्यतिवेला पनि पर्खेर हेरेको थिए नि । अब एक्टिभ हुनेवाला छु । त्योबेला संसद् पूनःस्थापना नभएको भए देश त भयाबह हुन्थ्यो । संविधान नै कोल्याप्स हुन्थ्यो नि त ।

रामचन्द्र पौडेलले संयुक्त आन्दोलन गर्नुपर्छ भन्नुभएको थियो नि त ?

होईन गलत थियो । त्यो पनि गलत हो ।

प्रचण्ड र माधव नेपालसंग संयुक्त आन्दोलन गरेर जानुपर्छ भनेको हाईन ?

उहाँले भन्नुभयो, त्यो उहाँको निजी विचार थियो । त्यसलाई पार्टीले पनि स्विकारेन मैले त सुरुदेखी नै हामीले आफनो पहिचान बनाएर राख्नुपर्छ । हामीहरुले विरोधसभाहरु पनि बेग्लै गर्नुपर्छ । हामी नेपाली काँग्रेसको बेग्लै विरोधसभा हुनुपर्छ भनेर भनेको मत यो कुरा सम्झिन्छु ।

त्यसो भए नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्नसक्छ त्यो सम्भावन छ अब ?

मैले अघि भनेँ नि यो संसद् अब अनिर्णयको बन्दी बन्यो । तर, सरकार त चाहियो हामीलाई । सरकार नभएर देश चल्दैन् । त्यसकारण निकासको निम्ति निर्वाचन नै हो अब ।

त्यसो भए तपाईँ निर्वाचनको पक्षमा हुनुहुन्छ, फेरिपनि प्रधानमन्त्रीले संसद् विघटन गर्नुपर्यो अब ?

होइन, केपी ओलीको कुरा भएन । अब केपी ओली त अब एमालेको संसदीय दलको नेता र अध्यक्ष हुनुहुन्छ । अहिले पार्टी एकता त फुट्यो नि त । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र भनेर बनाईदियो । अब प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्यो । उहाँले विश्वासको मत लिईसकेपछि नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल हो । प्रमुख प्रतिपक्षी दलले विश्वासको मतको विपक्षमा मत हाल्नुपर्यो ।

काँग्रेसले मात्र हालेर हुँदैन ?

अरुले के गर्छन त्यो हाम्रो सरोकारको विषय होईन नि त । हामी प्रमुख प्रतिपक्ष हांै । यो विश्वासको मतको विपक्षमा भोट हाल्ने । अब माओवादी पनि आफनै तालमा छ । उसले समिकरण गर्दैन भने विश्वासको मत त लिनुपर्यो नि त ।

होइन अहिलेसम्म त प्रधानमन्त्रीसंग त बहुमत छ नि त, माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन नि त ?

ए बाबा बहुमत छ कि छैन भन्ने कुरा त विश्वासको मत लिनुपर्यो नि त । विश्वासको मत नलिएर कसरी थाहा हुन्छ । माओवादी केन्द्र फेरी एमालेसंग मिलेर जान्छ भने ठिकै छ । नेपाली काँग्रेस आफ्ना प्रमुख प्रतिपक्षको भूमिका खेल्छ । होईन भने अब हामी अलग छौँ भने संविधानको धारा ७६ को ३ मा आउँछ सरकार त्यसपछि विश्वासको मत त त्यसैपनि लिनुपर्यो । प्रधानमनत्रीजीले अब ।

जनता समाजवादी पार्टी, नेपालले साथ दिने अरे नि प्रधानमन्त्रीलाई ?

ठिक छ । सरकार बनिरहन्छ । सरकार चलिरहन्छ । अनि किन चिन्ता गर्नु त ?

त्यसो भए नयाँ सरकार, नयाँ गठबन्धन बन्दैन अब ?

होईन एमालेको ए सय २१ जना सांसद् हुनुहुन्छ । त्यसमा जसपाको ३४ जना सांसदले सर्पोट गरेपछि त सरकार बनिहाल्यो नि त । बनाउनुहुन्छ बनाउनुहोस । जसपाले एउटा कमिटी त बनाएको छ ।

प्रधानमनत्रीसंग वार्ता हिजैबाट सुरु भैसक्यो त ?

ठीकै छ त । किन त्यसको चिन्ता गरेको त्यस्तै गर्नुभयो भनेपनि त्यो अनिर्णयको बन्दी बन्यो अब हामीसंग चुनावबाहेक अरु केहीपनि विकल्प छैन अब । अब छिटोभन्दा छिटो निर्वाचन हुन जरुरी छ ।

निर्वाचन कसले गराउने ? केपी शार्मा ओलीले गराउने कि अर्को नयाँ प्रधानमन्त्रीले ?

राजनीतिमा सम्भावनाको खेल हुन्छ । त्यो सम्भावनाको खेलमा नेपाली काँग्रेसकै नेतृत्वमा निर्वाचन हुनुपर्छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ फेरि पनि ?

संसदीय दलको नेता शेरबहादुर देउवा हो त अरु को बन्छ प्रधानमन्त्री ? कि त उहाँलाई हटाउनुपर्यो कि त उहाँले भन्नुपयो म बन्दिन् भनेर ।
शेरबहादुर देउवाले त अस्ति भन्नुभएको छ–म प्रधानमन्त्री बन्दिन् भनेर ?

अब शेरबहादुर देउवाको विकल्प काँग्रेसमा देखिएन ?

एउटा के बुझनुहोस भनेनि कसैको विकल्प छैन भन्ने नै होइन । शेरवहादुर देउवाको विकल्प काँगे्रमा छैन भनेर कसले भनेको छ तपाईँलाई ? कस्तो कस्तो कुराहरु गर्नुहुन्छ ।

हाईन, आज तपाईँले शेरबहादुर देउवालाई हटाउन सक्नुहुन्छ त ? संसदीय दलको नेताबाट ?

हाम्रो संसदीय दलले गर्ने निर्णय हो । विकल्प भन्ने कुरा त उहाँले आफैले सोच्न सक्नुहुन्छ । संसदीय दलको नेता उहाँ आँफंै बन्न सक्नुहुन्छ । विकल्प छैन भन्ने कुरा होईन नि ।

शेरबहादुर देउवासंग बहुमत पुग्छ ? संसदीय दलमा निर्वाचन हुदाखेरी पनि ?

विकल्पै छैन भन्ने कुरा होईन भने महिले ।

मलाई बताउनुहोस् तपाईँसंग प्रधानमन्त्री हुन लाएक शेरबहादुर देउवाबाहे को छन ?

सम्भावना छ भन्ने कुरा त संसदीय दलमा भोटिङ हुनुपर्यो । अविश्वासको प्रस्ताव हाल्नुपर्यो । नेपाली काँग्रेसको २५ प्रतिशत सांसदले हाल्नुपर्यो अनि पो हुन्छ । त्यसै त आउँदैन त विकल्प ।

त्यसोभए शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ अब, र त्यसैले निर्वाचन गराउनुपर्छ भन्ने तपाँईको भनाई हो ?

हो, एकदम ।

त्यो भएन भने के हुन्छ ?

त्यो भएन भने सरकार त चलिरहन्छ । बहुमतको सरकार होला, अल्पमतको सरकारले त निर्वाचनमानै जानुपर्छ । बहुमतको सरकार भयो भने त्यो अनिर्णयको बन्दी हुन्छ त्यसले कुनै काम गर्नसक्दैन । तपाईको संसद् चल्दैन । बजेट आउँछ । छलफल हँुदैन् ।

त्यसोभए राजनीति अस्थिरता सुरु भयो हाम्रो देशमा ?

त्यसैले त निकासको निम्ति निर्वाचन भन्दैछु ।

प्रधानमन्त्री निर्वाचनमा जाँदाखेरी तपाईँहरुले विरोध गर्नुभयो फेरिपनि निर्वाचनको कुरा ?

प्रधानमन्त्रीले जुनबेला निर्वाचनको कुरा गर्नुभयो । त्यसैले निर्वाचन गर्दा संसद कोल्याप्स गर्दथ्यो । बैशाख १७ गते निर्वाचन हुन सक्दैन थियो देशमा द्धन्द्ध निम्तिन्थ्यो ।

सरकारको चाबी जसपासंग छ ? उनीहरुले सरकार सञ्चालन गर्न चाहे भने तपाई के गर्नुहुन्छ ?

जसपासंग चाबी छैन भनेको होईन उनीहरुसंग छ । यहाँहरुले एमालेसंग पनि मिलेर बनाउन सक्नुहुन्छ । माओवादी नेपाली काँग्रेससंग पनि मिलेर बनाउन सक्नुहुन्छ ।

सम्भावना कस्को नेतृत्वामा जाला ?

अहिले भन्न सकिँदैन ।

काँग्रेसले निकासको लागि पहल गदैन् त ?

पहल गर्दैछौँ ।

प्रचण्डको नेतृत्वमा तपाईहरु फेरिपनि सरकारमा जानसक्ने सम्भावना कति छ ?

राजनीति भनेको संभावनाको खेल हो । होईन ।

प्रचण्ड फेरिपनि प्रधानमन्त्री बन्ने सम्भावना कति छ तपाईँहरुको सर्मथनमा ?

सम्भावनाको खेल हो नेपाली काँग्रेसको नेतृत्वमा हुन सक्छ ।

हिजो प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको छ ?

त्यही त काँग्रेसको नेतृत्वमा हुनसक्छ ।

File Photo/ReportersNepal

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot