Logo

कर कार्यालयमा लुट, डेढ लाख घुससहित दुई पक्राउ



काठमाडौं, २७ फागुन । आन्तरिक राजस्व कार्यालय जनकपुरधामबाट दुई जना रंगेहात पक्राउ परेका छन् ।कर अधिकृत रमेश ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि अतिरिक्त रकम माग गरी आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविन कुमार कर्णलाई लिन लगाएको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

कर्णलाई जनकपुरधाम उप–महानगरपालिका स्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट र कर अधिकृत रमेश ढकाललाई जिल्ला धनुषा स्थित नेपाल स्काउटको कार्यालय अगाडिबाट पक्राउ गरिएको आयोगले जनाएको छ ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot