Logo

पशुपतिमा मेडिसिटी अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



काठमाडौं, २८ फागुन । महाशिवरात्री पर्वको अवसरमा नेपाल मेडिसिटी अस्पतालले पशुपतिनाथ मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उक्त शिविरमा बुधबार र बिहिबार गरी करिब पाँच सय भक्तजन तथा सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेको अस्पताल प्रशासनले दाबी गरेको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ,प्रत्येक वर्षजस्तै यस वर्षपनि नेपाल मेडिसिटी अस्पतालले पवित्र धार्मिक स्थलमा स्वास्थ्य सेवा प्रदान गरेकोमा एम्बुलेन्स सहितको चिकित्सक, पारामेडिक्स, तथा नर्स लगायतको चिकित्सकीय टोलीले बुधबार अपरान्ह देखि बिहिबार रातीसम्म सेवा सञ्चालन गरेको हो ।

शिविरमा केहि आकस्मिक अवस्थाका बिरामी थिए भने साधारण चेकजाँचका लागि थुप्रै व्यक्ति सहभागि हुनुहुन्थ्यो । सेवा प्राप्त गर्ने अधिकांश भक्तजनहरुमा साधारण घाँउ, चोटपटक र कमजोरी भएको पाइएको थियो ।

पशुपतिनाथमा अघिल्ला वर्षहरुमा जस्तो भीडभाड नभए पनि स्वास्थ्यप्रतिको सबैको चासो बढेका कारण शिविरस्थलमा थुप्रै भक्तजनहरुले अवलोकन गरेका थिए । ब्लड प्रेसर तथा मधुमेह परीक्षण गर्नेहरुको पनि बाक्लो सहभागिता रहेको थियो ।

अस्पतालले यस किसिमका निःशुल्क स्वास्थ्य शिविरहरु आयोजना गर्दै आइरहेको छ भने कोभिड–१९ संक्रमण नियन्त्रणमा आएसंगै शिविर तथा जनचेतनामूलक कार्यक्रममा थप सक्रियता बढाउदै लैजाने महाप्रबन्धक विजय रिमालले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot