Logo

हाम्रो युवा समूहको संयोजनमा रक्तदान (फोटोफिचर)



ललितपुर, २९ फागुन । हाम्रो युवा समूहको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । आज महालक्ष्मी नगरपालिका ८ को शंखादेवी मन्दिर प्रांगणमा रक्तदान कार्यक्रम आयोजना भएको हो ।

शंखादेवी हार्डवयर र निता कन्स्ट्रक्सनको विशेष सहयोगमा आयोजित रक्तदानमा रक्तदाताहरुलाई प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रशंशापत्र प्रदान गरेका थिए । उनले रक्तदान जस्तो पवित्र कार्यमा उपस्थित हुन पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वसहमहामन्त्री बाबुराजा चित्रकारलगायत समाजसेवीहरु उपस्थित थिए ।

हाम्रो युवा समूहका संयोजक विवेककुमार कार्कीले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा नीता कन्स्ट्रक्सनका प्रोपाइटर सुरेन्द्र रानामगरलाई प्रमुख अतिथि काँग्रेस केन्द्रीय सदस्य पौडेलले सम्मानपत्र दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot