Logo

मलाई पटक पटक मार्ने प्रयास गर्दा पनि जनताले नै जोगाए : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, २९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले चलेको लडाईं सबैको हक अधिकारसहित नयाँ राष्ट्रिय एकताका निम्ति भएको बताएका छन् । उनले भने,‘सबै जाति, क्षेत्र, लिङ्ग र उत्पीडित क्षेत्रका जनताको हक अधिकार प्राप्त गरी नयाँ राष्ट्रिय एकता बनोस् भन्नका निम्ति लडेको लडाईं हो यो ।’

राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूलाई विरोधीहरुले आरोप लगाउनु र गाली गर्नु सामान्य भएको बताउँदै आफूले जसका निम्ति संघर्ष गरेको हो त्यो वर्गले नै नचिन्दा चिन्ता लाग्ने बताए । उनले पछिल्लो पटक जनतासँग जोडिने अवसर पाएको बताउँदै जनताका निम्ति गरिने संघर्षलाई ठीक ढंगले जनताले बुझोस् भन्ने चाहना आफूलाई पनि हुने बताए ।

अध्यक्ष प्रचण्ड सबैको हक अधिकार स्थापीत गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाई भएको जिकिर गरे । उनले यसअघि पनि पटक पटक आफुलाई राक्षस प्रवृतिको भन्दै चित्रण गर्न खोजेको भन्दै प्रत्यक्ष देखेपछि मात्र जनताले माया गर्न थालेको बताए । आफूलाई पटक पटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफुलाई जोगाएको बताउँदै उनले अबको आन्दोलन पनि निरंकुशता र जनताकै अधिकारका लागि भएको बताए । जनताको बिचार सहि भए सहि नेता चुनिने र बिचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने उनको धारणा थियो । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot