Logo

प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन



काठमाडौं, २ चैत्र । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर भेट्नको लागि अनुरोध गरेका छन् ।

आज अपरान्ह माओवादी केन्द्रको बैठक चलिरहँदा प्रधानमन्त्री ओलीले भेट्नको लागि दाहालसँग आग्रह गरेको प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिईन् ।  तर, दाहालले तत्काल भेट्नको लागि आनाकानी गरेका थिए ।

आजमात्रै, एमाले शीर्ष नेताहरुबीच छलफल भएको थियो । सर्वोच्च अदालतको पछिल्लो फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग-अलग भएका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot