Logo

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकबारे कांग्रेस नेता खतिवडाले उठाए प्रश्न



काठमाडौं, ३ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सभासद रामहरि खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले आजको लागि बोलाएको सर्वदलीय बैठकले अहिलेको राजनीतिक संकटको निकास नदिने दाबी गरेका छन् । राष्ट्रपतिले बोलाएको बैठकमा एक आपसमा अनुहार देखाउने काम मात्रै हुने उनको टिप्पणी छ ।

सामाजिक सञ्जालमा नेता खतिवडाले लेखेका छन्–”शीतलनिवासको बैठक, प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्दा बाटो बाटैमा स्विकार्नु हुने राष्ट्रपतिज्युले तत्काल सर्बदलिय बैठक बोलाउनु भएन , अहिले प्रधानमन्त्रीलाई के संकट उत्पन्न भयो र सर्बदलिय बैठक? यो बैठकले राजनीतिक निकास दिन्न! एक आपसमा अनुहार देखाउने काम मात्रै हुन्छ !”



प्रतिक्रिया दिनुहोस्

Screenshot