Logo

ग्लोबल आइएमईको ऋणपत्रमा आवेदन दिने समय थप



काठमाडौं, ४ चैत्र । ग्लोबल आइएमईको बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ । चैत्र ४ गतेसम्म तोकिएको ऋणपत्र बिक्रि नभएपछि समय थपिएकोे जनाएको छ ।

चैत्र १ गतेबाट बिक्रि खुल्ला गरेको डिबेन्चरमा ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ मा अब चैत्र १६ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
बैंकले ८ वर्षको लागि ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र ८ वर्षे अवधिको ऋणपत्र बिक्रि खुल्ला गरेको हो ।

बैकले ‘८.५ प्रतिशत, १० वर्ष ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नामको ऋणपत्र निष्कासन गरेको हो । जारी गरेको ऋणपत्रमध्ये कम्पनीले १२ लाख कित्ता र व्यक्तिगत रुपमा १९ लाख कित्ता विक्रि गर्ने र ५ प्रतिशत सामुहिक लगानी कोषलाई छुट्टाइएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot