Logo

महिलालाई जिउँदै पुर्ने एक्स्काभेटर चालक पक्राउ



काठमाडौं, ६ चैत्र । महिलालाई जिउँदै पुर्ने एक्स्काभेटर चालक पक्राउ परेका छन् । धादिङमा एक्स्काभेटरको ठक्करबाट घाइते ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै पुर्ने चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का अनुसार फरार बुढाथोकी कञ्चनपुर पुगेको सूचनाको आधारमा पक्राउ गरिएको हो । चालक बुढाथोकीले धादिङको त्रिपुरासुन्दरी- १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा घाँस बोकेर घरतर्फ फर्किरहेकी कुमाललाई १८ फागुनमा ठक्कर दिएको थियो । घाइते कुमालको उद्धार गर्नुको साटो माटो खनेर पुरिदिएका थिए ।

काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ जाँदै गरेको बसका यात्रुले मान्छे पुरेको देखेपछि हल्ला गरेका थिए । यात्रु चिच्याएपछि चालक बुढाथोकी फरार भएका थिए । मृतक महिलाको शव बाटो बनाउन खटिएका मजदूरे निकालेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot