Logo

संसदीय दलको बैठकमा प्रधानन्त्री ओलीको ब्रिफिङ : माधव नेपाल सुध्रिने लक्षण देखिएन



काठमाडौं, ७ चैत्र । नेकपा (एमाले) को संसदीय दलको बैठक जारी छ । प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले १५ दिनभित्र मिलेर जाने अवसर दिएकोले आफूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई फोन गरेर सल्लाह गर्न खोजेको कुरा ब्रिफिङ गरेका छन् ।

तर, आफूले फोन गरेको कुरालाई प्रचण्ड र माधव नेपालले बाहिर प्रचार गरेको सुनाए । सांसदहरुसँग ओलीले भनेको भनाई उल्लेख गर्दै एक सांसदले यसरी सुनाए,‘उहाँहरु सुध्रिने लक्षण देखिएको छैन् ।’ संसदीय दलको बैठकले विधान संशोधन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ। अब केही बेरमा केन्द्रीय समितिको बैठक बालुवाटारामै बस्दैछ। File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot