Logo

कम्युनिस्ट नेताहरुको पशुपतिनाथको दर्शन गर्ने लहर, माधव नेपाल पनि पुगे



काठमाडौं, ९ चैत्र । नेकपा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालले पशुपतिनाथको दर्शन गरेका छन् । आइतबार विहान उनले पत्नी गायत्री नेपालसँगै पशुपतिनाथको दर्शन गरेका हुन् ।

विहान नौ बजे पशुपतिनाथ पुगेर उनले विशेष पूजा गरेका थिए । पशुपतिनाथ दर्शन गरेर टीका र माला लगाएर निस्किएका थिए ।

तत्कालिन नेकपाका नेता माधवकुमार नेपालले काठमाडौंमा आयोजित सभामा बोल्दै पशुपतिनाथले ओलीलाई क्षमा नदिने अभिव्यक्ति दिएका थिए । त्यतिबेला उनी पक्षधर नेताहरुले पशुपतिनाथबारे नकारात्मक टिप्पणी समेत गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको विशेष पूजा गरेपछि तत्कालिन नेकपाभित्र तरंग आएको थियो । धर्मलाई अफिम मान्ने कम्युनिस्ट नेताहरुको पशुपतिनाथको दौड चल्नुलाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री ओलीको पहलमा सरकारले पशुपतिनाथमा सुनको जलहरी अर्पणको निर्णय भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot