काठमाडौं, २३ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाह फेरि भारत जाने भएका छन् । दार्जिलिङमा परिवार र सहयोगीसहित पुगेर फर्किएका उनी २६ चैत्रमा फेरि भारत जाने भएका हुन् ।
यसपटक पूर्वराजा शाह हरिद्वार पुग्दैछन् । त्यहाँ सञ्चालन हुने महाकुम्भ मेलामा सहभागी हुनेछन् । पूर्वराजाको पछिल्लो समय सक्रियता निकै बढेको छ । उनी काठमाडौंबाहिर अधिकांश समय बिताउन थालेका छन् । पूर्वराजा शाह दार्जिलिङमा बढी ओहोरदोहोर गर्न थालेका छन् ।