Logo

लकडाउनको सम्भावना औल्याउँदै प्रधानमन्त्री ओलीले भनेः वाध्य भएर ठप्प पार्ने अवस्था आउँछ



काठमाडौं, २६ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको सम्भावना औल्याएका छन् । आज राजधानीमा आयोजित नेपाल चेम्बर अफ कमर्शको ७० औं वार्षिक साधारण सभामा बोल्दै उनले वाध्य भएर देश नै ठप्प पार्ने अवस्था आउनसक्ने बताएका हुन् ।

‘वाध्य भएर ठप्प पार्ने अवस्था आउँछ,’ ओलीले भने,‘कोरोना भाइरसको जोखिम बढेकाले सावधानी अपनाउनुपर्छ ।’ उनले कोरोना भाइरसलाई कुनै मौका न नदिनुपर्ने अवस्थामा पुगेको बताए ।

भारतमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएकाले नेपालमा पनि त्यस्तो खतरा बढ्न नदिन सचेतना अपनाउन आग्रह गरे । उनले भने,‘सीमा खुल्ला छ भयावह अवस्था हुनसक्छ, त्यसैले सावधानी अपनाउनैपर्छ ।’

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले सचेतना अपनाउन सूचना जारी गरिरहँदा प्रधानमन्त्री ओलीको पछिल्लो भनाई सार्वजनिक भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot