Logo

आजको सर्बदलीय बैठकमा के-के विषयमा छलफल भयो ? सूर्य थापाले सुनाए बैठकका निश्कर्ष



काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठकमा विभिन्न तीन विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकको निश्कर्ष भन्दै तीन वटा बुँदामा बैठकको छलफल र निश्कर्ष सुनाएका छन्। सामाजिक सञ्जाल टिव्टरमार्फत उनले दिएको जानकारीअनुसार आजको बैठकमा सभामुखले सरकारको प्रस्ताव स्वेच्छाचारी ढंगले रोक्न नमिल्ने निश्कर्ष निकालिएको थियो ।

त्यस्तै, स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाको उपनिर्वाचन संविधान र कानुनबमोजिम छिट्टै गर्ने र कोभिड–१९ महामारीको दोस्रो चरणको संक्रमण नियन्त्रण गर्नेपनि आजको बैठकको निश्कर्ष रहेको उनले जनाएका छन् । उनले लेखेका छन्-“आजकाे सर्वदलीय बैठकका निष्कर्ष – १.सभामुखले सरकारकाे प्रस्ताव स्वेच्छाचारी ढंगले राेक्न मिल्दैन। २. स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे उपनिर्वाचन संविधान र कानुनबमाेजिम छिट्टै गर्ने । ३. काेभिड – १९ महामारीको दाेस्राे चरणकाे संक्रमण नियन्त्रण गर्ने।” Photo Source: Surya Thapa/PM Oli’s Press Advisor



प्रतिक्रिया दिनुहोस्

Screenshot