Logo

एनएसएल फुटबलमा काठमाडौं रेजर्सको विजयी सुरुवात



वैशाख ११, काठमाण्डौ । काठमाडौं रेजर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले खेलको ६६ औ मिनेटमा निर्णायक गोल गरे ।

प्रतियोगिता अन्तर्गत आइतबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसीबीच खेल हुनेछ । यस्तै दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ ।

करिब तीन हप्ता चल्ने प्रतियोगितामा ७ शहरलाई फ्रेन्चाईज गरिएको छ । विराटनगर सिटी एफसी, एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी, पोखरा थण्डर्स, बुटबल लुम्बिनी एफसी र धनगढी एफसीले फ्रेन्चाईज फुटबल खेल्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot