Logo

म्यानचेस्टर सिटीले जित्यो काराबाओ कपको उपाधि



एजेन्सी, बैशाख १३ । म्यानचेस्टर सिटीले काराबाओ कप इएफएल फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा टोटेनहमलाई १–० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।

सिटीलाई जित दिलाउन एम्रिक लापोर्टेले खेलको ८२ औं मिनेटमा निर्णायक गोल गरे । केभिन डी ब्रुएनको पासलाई उनले सदुपयोग गरेका थिए । यससँगै सिटीले आठौं पटक तथा लगातार चौंथो सिजन उपाधि जितेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot