Logo

यस्तो छ आजको आजको मौसम पूर्वानुमान



काठमाडौं, बैशाख १७ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका स्थानमा आंशिक तथा पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने । हाल देशको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा र तराईका एकरदुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका एकरदुई स्थानमा मेघगर्जन , चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

देशभर अधिकतम र न्यूनतम तापक्रममा बृद्दि भइरहेकोले गर्मी बढ्ने र सो बाट सृजना हुन सक्ने संभावित असरहरु वाट बच्नका लागि साथै पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन ,चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot