Logo

संसदीय दलको नेता को बन्ने भनेर ठाकुर र महतोबीच विवाद चर्कियो, हस्ताक्षर अभियान स्थगन्



काठमाडौं, २१ बैशाख । फुटको डिलमा रहेको संसदको चौथो दल जनता समाजवादी पार्टी, नेपालभित्रको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पनि मतभेद सुरु भएको छ । पार्टीमा अध्यक्ष ठाकुर र महतोले एउटा पक्षको नेतृत्व गरेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अर्को पक्षको नेतृत्व गरेका छन् ।

ठाकुर–महतो पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने भनिसकेको छ । सोहीअनुसार बहुमत सांसदहरुको हस्ताक्षर संकलन भैरहेको थियो । यसअघि यादव–भट्टराई पक्षले १८ जना सांसदको हस्ताक्षर संकलन गरेको थियो । तर, यो बीचमा यादव पक्षधर चार सांसदले साथ छोडेपछि ठाकुर पक्ष बहुमतमा पुगेको दाबी गरिएको थियो ।

जसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन हुँदै, चार सांसदले छोडे उपेन्द्रको साथ !

ठाकुर–महतो पक्षले आज विहानैदेखि सांसदहरुको हस्ताक्षर संकलन गरेको स्रोतको दाबी छ । तर, ठाकुर र महतो दुवैले संसदीय दलको नेतामा दाबी गरेपछि यो समूहमा पनि विवाद उत्पन्न भएको छ । जसपानिकट उच्च स्रोतकाअनुसार ठाकुरले संसदीय दलको नेता आफू नै हुने दाबी गरेका थिए । तर, महतोले यसअघि पनि आफूलाई नै संसदीय दलको नेता बनाउने सहमति भएको भन्दै उक्त सहमतिबाट आफू कुनैपनि हालतमा ब्याक नहुने अडान दोहोर्याएका थिए ।

माधव नेपाल पक्षधर प्रत्यक्ष निर्वाचित सांसदहरु राजीनामा दिनेगरि छलफलमा !

ठाकुरले भने सत्ता समिकरणमा जसपा निर्णायक शक्ति भएकोले भोलि प्रधानमन्त्री बन्ने अवसर आए त्यसको लागि आफू नै उपयुक्त पात्र भएकोले संसदीय दलको नेता आफू नै बन्नुपर्ने जिकिर गरेका थिए । तर, महतोले भने आफू यसअघिको सहमतिबाट कुनैपनि हालतमा पछि नहट्ने जिकिर गरेका थिए । बरु, भोलि प्रधानमन्त्री बन्ने अवसर आए ठाकुरलाई नै अघि सार्ने र आफू ब्याक हुनसक्ने उनले विश्वास दिलाएका थिए । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्

Screenshot