Logo

अरुण भ्याली हाइड्रोको हकप्रद शेयरमा जेठ २ गते सम्म आवेदन दिन सकिने



काठमाडौं, २४ बैशाख । बैशाख ६ गतेदेखि अरुण भ्याली हाइड्रोपावर कम्पनीले विक्रि खुल्ला गरेको हकप्रद शेयरमा आवेदन दिने मिति थपिएको छ । उक्त हकप्रद शेयरमा बैशाख २६ गतेसम्म आवेदन दिने मिति तय भएकोमा निषेधाज्ञाको कारण जेठ २ गतेसम्मका लागि आवेदन दिने समय थप भएको हो ।

१ अर्ब ४ करोड ८२ लाख ३९ हजार चुक्तापुजी भएको यस कम्पनीले ५० प्रतिशतको दरले प्रतिशेयर १०० अंकित मुल्यमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्रि खुल्ला गरेको हो । हकप्रद शेयर तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने आस्वा सेवामा आवद्व वित्तीय संस्थासँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot