Logo

हालसम्म ६ सय ५० पत्रकार कोरोना संक्रमित, ७ जनाको निधन



काठमाडौं, २४ बैशाख । देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । २५२ जना सक्रिय संक्रमित रहेको नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासंघको अनुसार प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमती प्रदेश १४, गण्डकी ७, लुम्बिनी २७, कर्णाली ३०, सुदूरपश्चिम ३०, उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशमा ११७ रहेका छन् । संक्रमतिमध्ये ३२ जनाको अस्पतालमा उपचार भइरहेको तथा ४ जना आइसियुमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भएको छ ।

अग्रभागमा रहेर पेशागत जिम्मेवारी बहन गर्ने क्रममा पत्रकारहरु संक्रमित हुने दर वृद्धि भएसँगै महासंघले केन्द्रीय कार्यालयमा सञ्चालन गर्ने १० बेडमध्ये ५ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । थप ५ बेडको निर्माण प्रक्रिया अगाडि बढेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot